बालेनलाई बधाई दिँदै पत्नी सविनाको भावुक स्टाटस, कहिल्लै हार्न नदिने प्रतिवद्धता

साझापोस्ट
काठमाडौं । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर चुनिएपछि उनकी पत्नी सविनाले फेसबुकमा भावुक स्टाटस लेखेर बधाई दिएकी छन् । उनले स्टाटसमा भनेकी छन्- आज  तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ । उनले कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस भन्दै अघि बढिरहेका पाइलासँग साथमा साथ हिँडने प्रतिवद्धता पनि उनले जनाएकी छन् ।