एमाले अध्यक्ष ओलीप्रति मन्त्री झाँक्रीको व्यङ्ग्य, म कुर्चीमै नबसी साढे तीन घण्टा बोल्न सक्छु

साझापोस्ट

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छिन् । शुक्रवार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।
उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गरिन् । अदालतले रुख फाँडने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको मन्त्री झाक्रिको आरोप छ ।

मन्त्री झाँक्रीले सबै न्यायाधीशहरु प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए संसदमा आएर फेस गर्नसमेत चुनौति दिइन् । उनले सरकारले विमानस्थलको बुटा मात्रै काटने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने बताइन् ।

मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाइन् । अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको झक्रिको टिप्पणी छ । गफले मात्रै देशको समृद्धि हुननसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने उनको भनाइ छथियो । कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै झाक्रिले आफू साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्नेभन्दै व्यंग्य गरिन् ।

बिहीबारकाे बैठकमा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य अवस्थाका कारण उभिएर बोल्न गाह्रो हुने भन्दै कुर्चीमै बसेर ३ घण्टा लामो संवोधन गरेका थिए ।

यो पनि पढ्नुस्http://एमाले अध्यक्ष ओलीले तोडे आफ्नै नाममा रहेको रेकर्ड