रेनु दाहाल सवारी दुर्घटनामा परिन, उपचार हुँदै

साझापोस्ट

काठमाडौं ।  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल ललितपुरमा सवारी दुर्घटनामा परेकी छन् । दुर्घटनामा रेनुलाई टाउकोमा चोट लागेको छ ।

रेनुकी बैनी गंगा दाहालका अनुसार आज दिउँसो काम विशेषले बाहिर जाने क्रममा रेनु चढेको गाडी जावलाखेल नजिकै ठोक्किएको थियो । रेनुलाई नजिकैको सुमेरु अस्पतालमा लगि सिटि स्क्यान गरेर हेर्दा घाऊ बाहिरी छालामा मात्रै भएको गंगाले सामाजिक संजालमा लेखेकी छन् । रेनुको अवस्था अहिले सामान्य भएकोले डाक्टरको सल्लाहमा डिस्चार्जको तयारी भैरहेको पनि उनले लेखेकी छन् ।