चलचित्र कबड्डी ४ कि अभिनेत्री मिरुना विरुद्ध काठमाण्डौमा प्रदर्शन

साझापोस्ट

काठमाण्डौ । चलचित्र कबड्डी – ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ। अभिनेत्री मिरुना मगरले कसुर नै नगरी एक युवकलाई थुनाएको दाबी गर्दै मंगलवार विहान प्रर्दशनकारी मगरको विरोध गरेका हुन्।

आइतवार दिउँसो सुन्धरास्थित एक सिनेमा हलमा एक युवकले आफुलाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो। ती युवकले कुनै पनि अभद्र व्यवहार नगरेको र उनी भिक्षु रहेको भन्दै प्रर्दशनकारीले युवकको रिहाइको माग गरेका छन्। त्यस्तै अभिनेत्री मगरले माफी माग्नु पर्ने उनीहरुको माग छ ।

मुगु घर भएका २४ वर्षीय फुर्वालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ‘दुर्व्यवहार गरेको भन्ने जानकारी आएपछि हाम्रो टोलीले नियन्त्रणमा लिएको हो। यसबारे अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
अभिनेत्री मगरले आफूलाई युवकले गलत मनशायले शरीरमा छोएको आरोप लगाएका छिन्। अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्।

शुक्रवारदेखि देशभरका विभिन्न सिनेमा हलमा कबड्डी ४ प्रर्दशनमा आएको छ। केएल टावर अगाडि प्रर्दशनकारीले फिल्मको पोष्टर समेत जलाएका छन्।