जेर्राड पिकेसँगको सम्वन्ध तोड्न लागेको पप स्टार सकिराको घोषणा

साझापोस्ट

काठमाडौं । पप गायिका साकिराले बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेसँगको एक दशकभन्दा लामो सम्बन्ध तोड्ने घोषणा गरेकी छिन् ।

दक्षिण अमेरिकी पप स्टार साकिराले पिकेले आफुलाई धोका दिएको आरोप लगाउँदै ११ वर्षको सम्बन्ध तोड्न लागेको घोषणा गरेकी हुन् । साकिरा र पिकेका दुई सन्तान छन् ।

यसअघि यि दुईबीचको सम्बन्धलाई लिएर अनेक चर्चा चलिरहेको थियो । तर बार्सिलोनाका स्टार पिकेले अलग हुन लागेको अश्वीकार गर्दै आएका थिए ।

४५ वर्षिया पप स्टारले  भनेकी छन्, ‘हामीलाई यस कुराको पुष्टि गर्न निकै दुख लागेको छ, तर हामी अलग हुँदै छौं ।’