एन्फा अध्यक्षमा नेम्वाङले जितेसँगै मुख्य प्रशिक्षक मुताईरीको नेपाल नफर्कने संकेत

साझापोस्ट

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल नफर्कने संकेत दिएका छन् ।

इन्स्टाग्राममा कुवेती प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका हुन । यद्यपि, अलमुताइरीले त्यो स्टोरीबाट हटाइसकेका छन् । एन्फाको सोमबार भएको निर्वाचनबाट ४५ मतसहित अध्यक्ष पदमा नेम्वाङ निर्वाचित हुँदा ३९ मत पाएर शेर्पा पराजित भएका थिए ।
नेपाली फूटबलको राम्रो भविष्यको कामना गर्दै उनले लेखेका छन– नेपाल सधैं मेरो मुटुमा रहनेछ तर हरेक कथाको अन्त्य हुन्छ ।’

प्रशिक्षक अलमुताइरीको त्यतिबेलाका वरिष्ठ उपाध्यक्ष तथा अहिलेका निर्वाचित अध्यक्षसँग नै विवाद भएको थियो । तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले पदबाट राजीनामा दिन लागेको बताएपनि राजीनामा भने दिएनन् । त्यही समयमा उनले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाबाहेक अन्य अध्यक्षसँग काम गर्न नसक्ने बताएका थिए ।

त्यसपछि नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पु¥याएपछि पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए । तर, उनले नेपाल फर्कदै सम्झौता नविकरण गर्दै टोलीको प्रशिक्षण सम्हालेका थिए ।

उनको प्रशिक्षणमा नेपालले कुवेतमा भएको एएफसी एसियन कप छनोट खेल्दा तीन खेलमै हारेको थियो । टोली नेपाल फर्किएपनि उनी एन्फासँग छुट्टी माग्दै तीन महिना बिदामा बसेका छन् ।