अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० भन्दा बढीको ज्यान गयो, हजारौं घर भत्किए

साझापोस्ट

एजेन्सी । अफ़ग़ानिस्तानमा गएको शक्तिशाली भुकम्पका कारण कम्तिमा २५७ जनाको मृत्यु भएको छ । ठुलो संख्यामा नागरिक घाईते भएका छन् । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । उक्त प्रान्तमा धेरै घर भत्किएका छन् ।
भग्नावशेषमा सयौं नागरिक पुरिएकाले मृतकको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ । हजारौ घर भत्किएका छन् ।

भूकम्पको केन्द्र दक्षिणपूर्वी शहर खोस्तबाट ४४ किलोमिटर दूरीमा थियो । भूकम्पको झट्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो । भूकम्पको तिब्रता ६ दशमलव १ म्याग्ननिच्युट मापन गरिएको छ । अफगानिस्तान सरकारले उद्धार र राहतको काम चलिरहेको जनाएको छ । तालिवान सरकारले आधिकारिक डाटा उपलव्ध नगराउँदा क्षतिबारे यकिन हुन नसकेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।