आमरण अनसनमा बसेका कोईरालासँग मेयर शाहको भेट

साझापोस्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शेयर बजारको स्थायित्व र सुधारको माग गर्दै अनशनरत तिलक कोईरालालाई भेटेका छन । अनशन स्थल खुमलटार पुगेर शाहले कोईरालालाई भेटेका छन ।
कोईराला धितोपत्र बोर्ड अघि विगत ८ दिनदेखि आमरण अनसनमा छन् ।

पछिल्लो समय अनपेक्षित रुपमा सेयर बजारमा ठूलो गिरावट आएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् ।

पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र जारी गर्दै आन्दोलनमा छन र ती मध्ये एक जना कोईराला अनसन बसेका छन । यसैबीच काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अनसन स्थलामा घुम्ती शौचालयको व्यवस्था गरिदिएका छन ।