नेमकिपा अध्यक्ष विजुक्छेँलाई पत्नी शोक

साझापोस्ट

भक्तपुर। नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ। विजुक्छेँ पत्नी शोभा प्रधानको नेपाल क्यान्सर हस्पिटलमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।
२०१७ साल पुष १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग २०४० साल मंसिर ११ मा विवाह भएको थियो। उनका सुवेग र सुवानगरी दुई छोरा छन्।

लामो समयसम्म शिक्षण पेशा गरेकी प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। क्यान्सर निवारण भए पनि केही वर्षअघि फेरि क्यान्सर देखिएपछि उपचारकै क्रममा प्रधानको नेपाल क्यान्सर हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो। अन्त्येष्टि कहिले गर्ने भन्ने विषयमा अझै टुंगो भैनसकेको पार्टी निकट अनलाईन पत्रिका अनलाईन मजुदर डटकमका सम्पादक सुरेन्द्रराज गोसाइँले जानकारी दिए ।