अफगानिस्तानमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या एक हजार पुग्यो

साझापोस्ट

एजेन्सी । अफ़ग़ानिस्तानमा गएको शक्तिशाली भुकम्पका कारण मृत्यु हुनेको संख्य बढेर एक हजार पुगेको छ । १५ सय भन्दा बढी घाईते भएका छन् ।

तालिवान सरकारले अहिलेसम्म  कम्तिमा एक हजार जनाको ज्यान गएको जनाएको छ । सामाजिक संजालमा आएका तस्वीर र भिडियोमा पहिरो जानुका साथै र माटोका घरहरु भत्किएको देखिएको छ । सबैभन्दा बढी क्षति पूर्वी प्रान्त पक्तिकामा भएको छ । भग्नावशेषमा सयौं नागरिक पुरिएकाले मृतकको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ ।

७ दशमलव १ म्याग्ननिच्युट मापन गरिएको भूकम्पको केन्द्र दक्षिणपूर्वी शहर खोस्तबाट ४४ किलोमिटर दूरीमा थियो । रातिमा भुकम्प आएकाले धेरैको ज्यान गएको तालिवानका नेताले बताएका छन् । अफगानिस्तानको ग्रामिण क्षेत्रमा अधिकांश घर माटोबाट बनाईएका छन् । कतिपय गाउँ नै सखाप भएका छन् ।