एन्फाको महासचिवमा किरण राई मनोनित

साझापोस्ट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई मनोनित भएका छन् ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो । राई अघिल्लो कार्यसमितिमा प्रवक्ता थिए ।

यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।काठमाडौंको सोमबार भएको एन्फाको निर्वाचनबाट पंकजबिक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।महासचिव र कोषाध्यक्ष मनोनित हुने प्रावधान छ ।