१७ जना एसएसपी डिआईजीका लागि सिफारिस, बसन्त कुँवर पहिलो नम्बरमा

साझापोस्ट

काठामाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी)प्रहरी नायव महानिरीक्षक (डीआईजी) को बढुवामा सिफारिस भएका छन ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख छन । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई छन् ।

यस्तै अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ र उमेशराज जोशीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ डीआईजीमा सिफारिस भएका छन ।