आगामी तिन दिन कुन कुन नदीमा बाढीको संभावना छ ? यस्तो छ पूर्वानुमान

साझापोस्ट

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनको बाढीको संभावना बारे बुलेटिन जारी गरि सजग गराएको छ । आज बिहान बुलेटिन जारी गरि आगामी तीन दिनसम्म कहाँ कहाँ बाढीको संभावना छ भनेर सचेत गराएको हो । महाशाखाका अनुसार आगामी ३ दिनसम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीको बहाव बढ्ने छ ।

शुक्रबार नारायणी र यसका साना सहायक नदीमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना देखिएको महाशाखाको पूर्वानुमान छ ।

हेर्नुहोस बाढी पूर्वानुमान महाशाखाको बुलेटिन :