फिफा वरियतामा नेपाल एकैपटक ८ स्थान खस्कियो

साझापोस्ट

काठमाडौं । नेपाल फिफा वरियतामा एकै पटक ८ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल ८ स्थान तल १७६ औं स्थानमा झरेको छ । । यसअघि मार्चमा नेपाल १६८ औं स्थानमा थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणका तीनवटै खेल हारेको थिययो । नेपाल जोर्डनसँग २-० , कुवेतसँग ४-१ र इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो ।
नेपाल एकै पटक वरियतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो । २०१४ को सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो ।

दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल भारत र माल्दिभ्सपछि छ । भारत १०४ र माल्दिभ्स १५६ औं स्थानमा छ । नेपाल भन्दा पछि भुटान १८६, बंगलादेश १९२ , पाकिस्तान १९६ र श्रीलंका २०७ औं स्थानमा छन् ।

विश्व वरीयतामा ब्राजिल शीर्ष र बेल्जियम दोस्रो स्थानमा यथावत छन । अर्जेन्टिना तेस्रो स्थानमा उक्लेको छ । फ्रान्स चौथो स्थानमा झर्दा इंग्ल्याण्ड पाँचौ स्थानमा यथावत छ ।यसैगरी स्पेन छैटौं, इटली सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा छन् । एसियाली राष्ट्र इरान २३ औं र जापान २४ औं स्थानमा छन् ।