पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २८ रुपैयाँ मूल्य घट्यो

साझापोस्ट

काठमाडौं । चर्को जनदबाबपछि सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलन गरी पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ कर घटाएको जानकारी दिए । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।