युक्रेनमा ८० जना पोलिस लडाकुलाई मारेको रुसको दाबी

साझापोस्ट

काठमाडौं । रूसले युक्रेनमा करीब ८० पोलिस लडाकुलाई मारेको दाबी गरेको छ । रूसी रक्षा मंत्रालयले शनिवार दिएको वयानमा उसका सैनिकले दोनेत्स्क क्षेत्रमा पोलेण्डका भाडाका ८० लडाकु मारेको दाबी गरिएको छ ।

आफ्नो आक्रमणमा लडाकुसहित २० वख्तरबन्द गाडी, ८ रकेट लन्चर पनि ध्वस्त भएको उसको दाबी छ । पोलिस लडाकु हतियारसहित एक जींक फैक्ट्रीमा लुकेर बसेका बेला सटिक आक्रमण गरेको रुसी रक्षा मन्त्रालयको वयानमा उल्लेख छ । युक्रेनी सेनाको सहयोगका लागि विभिन्न देशबाट लडाकु युद्ध क्षेत्रमा पुगेका छन् । पोलेन्डले पनि युक्रेनको समर्थन गरिरहेको छ ।

यसैबीच युक्रेनले सेवेरोडनेत्स्क क्षेत्रबाट हट्न आफ्ना सेनालाई आदेश दिएको छ । उक्त क्षेत्रमा रुसले भारी बमबारी गरिरहेको छ । रुसले नियन्त्रणका लागि कयौं हप्तादेखि यो पूर्वी शहरमा आक्रमण गरिरहेकाले आफूहरु पछि हट्न लागेको युक्रेनी सेनाले जनाएको छ । एजेन्सी