उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकोप्टरमा चरा ठोकिएपछि……..

साझापोस्ट

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सवार हेलिकोप्टरमा चरा ठोक्किएको छ । जसका कारण उनी सवार हेलिकोप्टर वनारसमा आकस्मिक अवतरण गरिएको छ ।

१५५० फिटको उचाईमा योगी सवार चोपर हेलिकोप्टरमा चरा ठोकिएको थियो । पाईलटको सूझबूझका कारण ठुलो दुर्घटना टरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । योगी आदित्यनाथ विहान वनारसबाट लखनउ जान हेलिकोप्टरमा सवार भएका थिए । उनी शनिबार बेलुका बनारस आएका थिए । उत्तर प्रदेशमा पछिल्लो पटक चरा ठोक्किएर विमान अवतरण गरिएका घटना बढेका छन् ।