क्यान्सर पीडित आरोही तामाङसँग प्रचण्डले भेटे, उपचारमा सरकारबाट सहयोग दिलाउने आश्वासन

साझापोस्ट

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कीर्तिमानी आरोही शम्भु तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले तामाङको अवस्थाबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याएको योगदानको प्रशंसा गर्दै स्वास्थ्य उपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

तामाङ सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानी आरोही हुन । लिसंखुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक घर भई हाल महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसबेला उनी १७ वर्ष ६ महिना १५ दिनका थिए ।