दक्षिण अफ्रीकाको एक नाइटक्लबभित्र कम्तिमा १७ युवक मारिए

साझापोस्ट

काठमाडौं । दक्षिण अफ़्रीकाको ईस्ट लंडन नामको शहर स्थित एक नाइटक्लबभित्र १७ युवक मारिएका छन् । यति धेरै युवक कसरी मारिए भन्ने अझै स्पष्ट भइसकेको छैन । स्थानीय संचार माध्यमले विष वा भागदौडमा परि उनीहरुको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

कतिपय मिडियाले मृत्यु हुने युवाको संख्या २२ रहेको बताएका छन् ।  स्थानीय प्रहरीले मृतकको संख्या खुलाएको छैन । एक स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो । अहिले अनुसन्धान भैरहेको छ ।

नाइटक्लबका केही तस्विर सामाजिक संजालमा आएका छन् । ति तस्विरमा युवाहरु टेवल र जमिनमा लडिरहेको देखिन्छ । कतिपयमा चोट पनि देखिएको छ । मृतक युवाको उमेर १८ देखि २२ बताईएको छ ।
एजेन्सी