अर्थमन्त्रीको विराेध गर्दै एमालेद्वारा राष्ट्रिय सभाको बैठक बहिष्कार

साझापोस्ट

काठमाडौं । नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् ।

सभामुख अग्नि सापकोटाले बजेटमाथिको छलफलका लागि अर्थमन्त्री जर्नादन शर्मालाई समय दिएर बोलाउने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा अहिले बजेटबारे आफ्नो जवाफ राखिरहेका छन् । बजेटमा रातारात करका दर फेरेको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागिरहेको छ ।