रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँदैन – रामचन्द्र पौडेल

साझापोस्ट

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद नआउने बताएका छन् । आज काठमाडौंमा आयोजित समाजवादबारेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले चार दिन काम गर्न नपाएका मन्त्री फेरेर समाजवाद नआउने बताएका हुन् ।

‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनुपर्ने । सबैको पालो पुर्‍याउनुपर्ने पनि कतै हुन्छ रु समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ ?’ पौडेलले भने, ‘हामी समाजवादको नारा फलाक्ने तर घार प्रतिक्रियावादी कामहरू गर्ने ? यसरी चल्दैन । नेता, कार्यकर्ता सबैको संस्कार बदल्नुपर्छ तब मात्रै समाजवाद आउँछ ।