१०२ जनामा कोरोना संक्रमण पुष्टि

साझापोस्ट

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

१५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।