विशेषज्ञ लाइसेन्स परीक्षामा ४१ प्रतिशत परीक्षार्थी फेल

साझापोस्ट

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञहरूको नाम दर्ता परीक्षामा झण्डै ४१ प्रतिशत परीक्षार्थी फेल भएका छन् । हिजो शनिबार लिइएको परीक्षामा सहभागी भएका ४७४ जनामध्ये १४९ जना फेल भएका हुन् । बाँकी ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । उत्तीर्ण प्रतिशत ६८‍.५७ छ ।

यस अघि २०७८ माघ २१ र २२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा २३ प्रतिशत फेल हुँदा ७७ प्रतिशत सहभागी उत्तिर्ण भएका थिए । विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा २३औँ विशेष परीक्षामा स्नातकोत्तर गरेका परिक्षार्थीहरु सहभागी भएको थिए ।