एक वर्षमा १६ करोड २० लाख रुपैयाँको कण्डम भित्रियो

साझापोस्ट

काठमाडौं । पछिल्लो एक वर्षमा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्रिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको एक वर्षे अवधिको तथ्यांकअनुसार अघिल्लो साउनदेखि यो असारसम्म १६ करोड २० लाख रुपैयाँको ५ करोड २८ लाख ३७ हजार थान कन्डम भित्रिएको छ । नेपालमा विश्वका ७ वटा मुलुकबाट कन्डम आउने गरेको छ ।

भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम आउने गरेको तथ्यांकले देखाएको छ ।जसमध्ये, भारतबाट सबैभन्दा धेरै ११ करोड ७० लाख ९२ हजार रुपैयाँको कन्डम आएको छ । यस्तै, दक्षिण कोरियाबाट २ करोड ४८ लाख रुपैयाँको कन्डम भित्रिएको छ ।