कोरोना संक्रमण देखिएपछि चीनको वुहानमा लकडाउन घोषणा

साझापोस्ट

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि त्यसलाई रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ ।

चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।वुहान त्यही शहर हो जहाँबाट कोरोना संक्रमण सुरु भएर यसले विश्वव्यापी महामारीको रुप लिएको थियो ।

अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको अनुमान छ ।