एकैदिन थपिए ७१० कोरोना संक्रमित, दुइ जनाको निधन

साझापोस्ट

काठमाडौं । नेपालमा एकै दिन ७१० कोरोना संक्रमित थपिएका छन् । दुई जनाको मृत्यु भएको छ ।

५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । २ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका छन् ।

बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टाको अवधिमा २१५ जना निको भएका छन् । संक्रमित संख्या बिहीबारसम्ममा ४ हजार २३६ पुगेको छ ।

२४ घण्टाको अवधिमा ५९ हजार ४७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।