फूटपाथ कि धराप ? काठमाडौंको जोखिमपूर्ण पैदल यात्रा (फोटो फिचर )

साझापोस्ट

काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाखभन्दा धेरै जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्छन् । तर, ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको चपेटामा छ ।

दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो गम्भीर विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटी  ढुक्कसँग हिँड्न योग्य छैनन् ।

देशको संघीय राजधानी सहर काठमाडौंमा चिल्ला सडक, सफा अनि हृविलचियर र दृष्टिविहीनका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर, संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् ।

खाल्डो, फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।

सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ ।

फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ ।

त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन ।

कतिपय सडकपेटीमा नै  निर्माणका सामग्री छरपस्ट हुन्छन् ।

न्युज एजेन्सी नेपालले तयार पारेको फोटो फिचर 

बालकुमारी सडकको फुटपाथमा रहेको खाल्डाे ।
त्रिपुरेश्वरमा पर्खाल भत्केपछिको फुटपाथ ।
बानेश्वरको फुटपाथमा पार्क गरिएका मोटरसाइकलहरु ।
बानेश्वरको फुटपाथमा नेपाल प्रहरीले आन्दोलनकारी रोक्न राखेको काँडेतार ।
सानेपामा सडकमा राखिएको निर्माण सामाग्री ।
सातदोबाटो लगनखेलमा फुटपाथ भत्काएर सडकमै राखिएको निर्माण सामाग्री ।
चापागाउँको हिलाम्मे सडक ।
मंगलबजार सडक हुँदै गन्तव्यतर्फ जाँदै यात्रु ।
लगनखेल-सातदोबाटो सडकको फुटपाथ ।