कोरोना संक्रमणबाट दुइ जनाको निधन, थप ४३८ जना संक्रमित

साझापोस्ट

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेको छ।

गत २४ घण्टामा देशभर १ हजार ७७९ पीसीआर तथा १ हजार ९२० एन्टिजेन परीक्षण भएको थियो ।
शनिबार २७७ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर ४ हजार ३६९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।