यी हुन कोरोनाको उपचारका लागि तोकिएका १७ अस्पताल

साझापोस्ट

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सात वटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिए ।

यी हुन कोरोना संक्रमितको उपचार हुन अस्पताल:

प्रदेश  १

को कोसी अस्पताल, विराटनगर

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

मधेस प्रदेश

जनकपुर प्रादेशिक अस्पताल, जनकपुर

नारायणी अस्पताल, वीरगञ्ज

बागमती प्रदेश

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,टेकु

भरतपुर अस्पताल,चितवन

वीर अस्पताल

शिक्षण अस्पताल, महाराजगञ्ज

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

गण्डकी प्रदेश

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

धौलागिरि अस्पताल, बागलुङ

लुम्बिनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल

भेरी अस्पताल, नेपालगञ्ज

कर्णाली प्रदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

सुर्खेत प्रादेशिक अस्पताल, वीरेन्द्रनगर

सुदूरपश्चिम प्रदेश

सेती प्रादेशिक अस्पताल, धनगढी

डडेल्धुरा अस्पताल