नेपाल–जापान संयुक्त श्रम बैठक काठमाडौंमा शुरु

साझापोस्ट

काठमाडौं । नेपाल र जापानका उच्च अधिकारीहरूबीच र काठमाडौंमा उच्चस्तरीय संयुक्त श्रम बैठक सुरु भएको छ ।

नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजान रिएको ‘सहकार्य गर्ने समझदारी’ (एमओसी)को प्रभावकारी कार्यान्वयनका लागि बैठक बसेकाे हाे ।

बैठकमा दुवै देशका सहसचिवले नेतृत्व गरेका छन । एमओसीपछि पहिलोपटक भर्चुअल माध्यमबाट बैठक बसेको थियो । एमओसीपछि अपेक्षा अनुसार जापानले नेपाली कामदार भर्ना गरेको छैन । एमओसी अनुसार नेपालबाट ८ सय ३५ जना मात्रै नेपाली त्यसतर्फ गएका छन् ।