सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान बोलाइयो, सिट बाँडफाँडबारे औपचारिक छलफल सुरु हुने

साझापोस्ट

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनको बैठक भोलि (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । निर्वाचन केन्द्रित रणनीति तय गर्न बैठक बस्न लागेको हो । चुनावमा गठबन्धनमा रहेका दलहरुबीचको तालमेल र सिट बाँडफाँडबारे औपचारिक छलफल सुरु हुने एक नेताले बताए ।

भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका पदमा समेत एउटा समझदारी बनाउने गरि छलफल आरम्भ हुने ती नेताको भनाइ छ । गठबन्धन दलहरु भागबण्डाको टुंगो लगाउन सबै दलका नेता रहेको एउटा समिती बताउने तयारीमा छन् ।