कैलालीमा बाघको छालासहित ४ जना पक्राउ

साझापोस्ट

कैलाली । कैलालीमा बाघको छालासहित ४ जना पक्राउ परेका छन्। बिहीबार राति साढे १२ बजे गोदावरी नगरपालिका २ अत्तरियातर्फ अवैध रुपमा बाघको छाला ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा आरआईटी र इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

डोटी जोरायल गाउँपालिका २ का समिर ओलीले चलाएको बोलेरो जिपमा उनीहरु बाघको छालासहित पक्राउ परेका हुन्। कैलाली चुरे गाउँपालिका ६ का टेकबहादुर रावत, धीरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका २ का राजेन्द्रसिंह भण्डारी पक्राउ परेका हुन्।​