चीनले सैन्य अभ्यासको विरोध गर्ने देशबाट कुटनीतिज्ञ फिर्ता बोलायो 

साझापोस्ट

काठमाडौं । चीनले आफ्नो सैन्य कारवाहीको बिरोध गर्ने देशबाट कुटनीतिज्ञलाई फिर्ता बोलाउन सुरु गरेको छ । चीनले ताइवानको सिमा नजिक कडा खालको सैन्य अभ्यास गरिरहेको छ ।

चीनको सैन्य कारबाहीलाई लिएर युरोपेली देशहरुले आपत्ति जनाएका थिए । यस्तै जापानले पनि चीनको सैन्य अभ्यासको बिरोध गरेको छ ।

यसको प्रतिक्रिया स्वरुप चीनले जापानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने युरोपेली देशहरुमा रहेका कुटनीतिज्ञलाई फिर्ता आउन भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैसाता अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले चीनको आपत्तिका बाबजुद ताइवानको भ्रमण गरेपछि चीनले ताइवान सिमामा सैन्य अभ्यास गरिरहेको छ ।