परराष्ट्र मन्त्रालय भन्छ, ताइवानको विषयलाई नजिकबाट नियालिरहेका छौं

साझापोस्ट

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल एक चीन नितिप्रति प्रतिवद्ध रहेको भन्दै चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् । चिनियाँ राजदूत होउ यान्छीले नेपालले लामो समयदेखि ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेकोमा उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेका बेला नेपालको यस्तो प्रतिकृया आएको हो ।

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेका बेला काठमाडौंस्थित चिनियाँ राजदूतले होउले बुधबार विज्ञप्ती निकालेर ताइवान मामिलामा नेपालको प्रतिवद्धता स्मरण गराएकी थिइन् ।

‘चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छ । एक चीन नीतिको समर्थन गर्दै आएको छ।’ प्रवक्ता लम्सालले भनिन्, ‘ दुवै मुलुकले सम्मान गर्दै आएका छन्। नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा छ।’