भारत र बंगलादेश उपाधिका लागि भीड्दै

साझापोस्ट

काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज बेलुकी हुँदैछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने फाइनलमा आयोजक राष्ट्र भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।साविक विजेता भारत घरेलु भूमिमा उपाधि राख्न चाहन्छ । यता, बंगलादेश पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

अपराजित बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुगेको हो । बंगलादेशले ४ खेल १० अंक जोडेको थियो ।बंगलादेशले लिग चरणमा भारतलाई हराएको थियो । भारत ४ खेल ९ अंक जोडेर दोस्रो स्थान रहदै फाइनल पुगेको हो । भारत बंगलादेशविरुद्ध लिग चरण व्यहोरेको हारको बदला लिन चाहन्छ । नेपाल भने फाइनल पुग्न असफल भएको थियो । नेपाल तेस्रो स्थानमा रहेको थियो ।