नेपालको फिफा वरियता खस्कियो

साझापोस्ट

काठमाडौं । नेपालको महिला फिफा वरियता खस्किएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको हो ।नयाँ वरियतामा नेपाल १०२ औं स्थानमा छ ।

अघिल्लो पटकको वरियतामा नेपाल १०१ औं स्थानमा थियो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औं स्थानमा छ ।यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपाल भन्दा अघि रहेको भारत ५८ औं स्थानमा छ ।

विश्व वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो र स्विडेन तेस्रो स्थानमा छ।इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा छ ।त्यस्तै नेदरल्याण्ड छैठौं, क्यानडा सातौं, स्पेन आठौं, ब्राजिल नवौं र उत्तर कोरिया १० औं स्थानमा रहेको छ ।