माधव नेपालको जिन्दगी ‘करबटें बदलते रहें’ जस्तो – केपी ओली

साझापोस्ट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका शिर्ष नेताहरुको गन्तव्य नभएको टिप्पणी गरेका हुन् । एमालेको उपत्यका विशेष प्रदेश कमिटीको गोष्ठीमा ओलीले गठबन्धनका शिर्ष नेताहरुसँग कुने गन्तव्य नभएको र सबैको व्यक्तिगत स्वार्थ मात्रै रहको टिप्पणी गरेका हुन् । शिर्ष नेताहरुको पालैपालो नाम लिँदै ओलीले कटाक्ष समेत गरे ।

ओलीले प्रधानमन्त्री शेरवहादुर देउवाको गन्तव्य म्याडम साहेब भएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गन्तव्य सुपुत्रीमात्रै रहेको ओलीको भनाइ थियो । यस्तै एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको जिन्दगी छटपटीमै बित्ने ओलीको टिप्पणी थियो ।

‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटें बदलते रहें सारी रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।

उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए । उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे ।