‘केपी ओलीको गुप्तचरी गरेका छैनौं, भ्रममा नपर्न अनुरोध छ’

साझापोस्ट

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेको सरकारले त्यसको प्रतिवाद गरेको हो ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भन्दै उनले भने- यस्तो भ्रममा कोही पनि नपर्न हुन अनुरोध छ ।’

कार्कीले सरकारले कसैको पछाडि गुप्तचर खटाउने र गोप्य रूपमा फोन ट्यापिङ गर्नेजस्ता काम नगरेको बताएका छन् । मन्त्री कार्कीले यस्तो विषयमा कसैले भ्रम नछर्न र त्यस्तो भ्रममा नपर्न समेत आग्रह गरे ।

सरकार व्यक्तिको स्वतन्त्र र गोपनियताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्वर्द्धन गर्न प्रतिवद्ध रहेको समेत मन्त्री कार्कीले बताएका छन् ।