नारायणकाजी बने माओवादीको कार्यवाहक अध्यक्ष

साझापोस्ट

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान गएपछि नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाएका छन ।

प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति निकालेर प्रचण्डको अनुपस्थितिमा श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिइएको जानकारी दिएका छन । श्रेष्ठलाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको पनि महराले विज्ञप्ति मार्फत औपचारिक रुपमा जानकारी गराएका छन ।

केन्द्रीय समिति बैठकमा श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने विषयमा एकमत भएपनि पार्टीले औपचारिक रुपमा श्रेष्ठलाई बनाएको भनेर बोलेको थिएन, तर महराले शुक्रवार त्यसलाई प्रष्ट पारेका छन ।