Sajha Post
आजदेखि चार पाङ्ग्रे सवारी साधन न्यूरोड प्रवेश गर्न नपाउने,खुल्लामन्चमा पार्किङको व्यवस्था
आजदेखि चार पाङ्ग्रे सवारी साधन न्यूरोड प्रवेश गर्न नपाउने,खुल्लामन्चमा पार्किङको व्यवस्था काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि   खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपतिविरुद्ध दर्ता भएका रिट निवेदन माथिको सुनुवाइ दसैँपछि मात्रै !
राष्ट्रपतिविरुद्ध दर्ता भएका रिट निवेदन माथिको सुनुवाइ दसैँपछि मात्रै ! आइतबार पालो नआए नागरिकता विधेयकसम्बधी मुद्दामा सुनुवाइ दसैँपछि मात्र प्रारम्भ हुनेछ । किनभने सोमबार  असोज १० गते घटस्थापनादेखि देशभरका अदालतमा दसैँ बिदा हुनेछ । यो अवधिमा बन्दीप्रत्यक्षीकरण मुद्दा मात्रै सुनुवाइ हुने सर्वोच्चको मुद्दा महाशाखाका सहरजिस्ट्रार बाबुराम दाहालले बताए ।
पौडी खेल्न गएका तीन बालकको डुबेर मृत्यु
पौडी खेल्न गएका तीन बालकको डुबेर मृत्यु बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको हो । मृतकहरूको पहिचान भइसकेको छैन । 
नागरिकता विधेयकमा असन्तुष्ट लोसपाले एमालेसँग चुनावी तालमेल गर्न कार्यदल बनायो 
नागरिकता विधेयकमा असन्तुष्ट लोसपाले एमालेसँग चुनावी तालमेल गर्न कार्यदल बनायो  अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
दक्षिण कोरियाले दुईवटा परियोजनाका लागि २ अर्ब अनुदान दिने
दक्षिण कोरियाले दुईवटा परियोजनाका लागि २ अर्ब अनुदान दिने दुवै आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर अर्थात झण्डै दुई अर्ब रुपैयाँ अनुदान सहायता उपलब्ध गराउनेछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्थाले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायसँगको सहकार्य र समन्वयमा आयोजनाहरू कार्यान्वयन गर्ने जनाइएको छ ।
हत्याको आरोपमा झापामा नौ जना पक्राउ 
हत्याको आरोपमा झापामा नौ जना पक्राउ  झापाको दमक नगरपालिका ३ बेलडाँगीका ४४ बर्षीय एलबी भन्ने लालबहादुर गुरुङको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रदेश १ प्रहरीले जनाएको छ ।
Weather Update