साम्प्रदायिक नाराको कुनै अर्थ छैन : ओली
शनिबार, चैत ११, २०७९

दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री श्रेष्ठको दाबी
शनिबार, चैत ११, २०७९
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरूबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री प्रचण्ड
शनिबार, चैत ११, २०७९
शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए ।

गृहमन्त्रालयका २५ अधिकारीको सरुवा : को कहाँ पुगे ?
शनिबार, चैत ११, २०७९
काठमाडौं । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।
सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा...

रास्वपाले बैशाख १० मा हुने उपचुनावमा कसैसँग पनि गठबन्धन नगर्ने
शनिबार, चैत ११, २०७९
बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ। निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ।

प्रहरी महानिरीक्षक कुँवरले आजदेखि नेतृत्व सम्हाल्ने
शनिबार, चैत ११, २०७९
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक(आईजी) वसन्त कुँवरले आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै छन्।
कुँवरलाई सरकारले हिजो(शुक्रबार) मात्र एआईजी (अतिरिक्त महानिरीक्षक) बाट आईजीपीमा बढुवा गरेको हो। ३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई ल्याएको हो।

एमाले उपाध्यक्ष पौडेलको चेतावनी: चाहेको बेला सत्तागठबन्धन भत्काउन सक्छौं
शुक्रबार, चैत १०, २०७९
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरूले चाहेकै बेला सत्तारुढ गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । एमालेको 'मिसन ग्रासरुट' अभियान अन्तर्गत शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा पौडेलले सत्तागठबन्धन भत्काउने चेतावनी दिएका हुन ।
साताको लोकप्रीय