काठमाडौंमा सबैभन्दा धेरै र मनाङमा थोरै जनसंख्या, प्रदेशमा बागमती अगाडि
शुक्रबार, चैत १०, २०७९

मागेजति मन्त्रालय नपाए नेकपा एस सरकारमा जान्न : झलनाथ खनाल
शुक्रबार, चैत १०, २०७९
विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मागेजति मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् ।
पाँचथर सदरमुकाम फिदिममा बिहान पार्टी निकटको समाजवादी प्रेस संगठन पाँचथरले गरेको पत्रकार सम्मेलनमा खनालले आफ्नो पार्टीलाई तीनवटा राम्रा मन्त्रालय दिनुपर्ने तर्क गरे ।

संघमा तीन मन्त्री र एक मुख्यमन्त्रीमा माधव नेपालको दाबी
शुक्रबार, चैत १०, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री दावी गरेको छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर अध्यक्ष माधवकुमार नेपालले यस्तो दावी गरेका हुन् ।

मुगु केन्द्रबिन्दु भएर ४.५ रेक्टरस्केलको भूकम्प
शुक्रबार, चैत १०, २०७९
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको...

ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु
शुक्रबार, चैत १०, २०७९
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

नेपाल प्रहरीले आज नयाँ नेतृत्व पाउँदै, पहिलो पटक महिला अधिकृत पनि प्रतिष्पर्धामा
शुक्रबार, चैत १०, २०७९

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
शुक्रबार, चैत १०, २०७९
उनले लामो समय रेडियो नेपालमा समाचार वाचकको रूपमा काम गरेकी थिइन् । पछिल्लो समय निमोनियाबाट ग्रस्त ताम्राकारको बिहीबार राति ९ः५० बजे न्यूरो अस्पतालमा निधन भएको हो । आफ्नो बुलन्द आवाजकै कारण सदा चर्चामा रहने ताम्राकारले यसअघि आन्द्राको क्यान्सरसमेत जितेकी थिइन् ।
साताको लोकप्रीय