Sajha Post
नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पराजित 
नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पराजित  काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् । 
उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी
उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् २००६ यता उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र गतिविधिका कारण उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने झण्डै एक दर्जन प्रस्ताव पारित गरिसकेको छ । तर उत्तर कोरियाले प्रतिबन्धको वेवास्था गर्दै आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
माओवादीले समानुपातिकमा १०  लाख भोट कटायो 
माओवादीले समानुपातिकमा १०  लाख भोट कटायो  काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ १० लाख मत कटाएको छ । ८७ लाख ७४ हजार ६ सय ६१ मत गनिसक्दा माओवादीले १० लाख ५ हजार ६ सय ७९ भोट ल्याएको छ ।
कलाकार, जो चुनावमा फ्लप भए
कलाकार, जो चुनावमा फ्लप भए काठमाडौं । यही मङ्सिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा कलाकारहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो ।
माओवादीको ओरालो यात्रा ! प्रतिनिधि सभातर्फ दुई प्रदेशमा शून्य 
माओवादीको ओरालो यात्रा ! प्रतिनिधि सभातर्फ दुई प्रदेशमा शून्य  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कांग्रेससँगको गठबन्धन गरेको सत्तारुढ दल माओवादी केन्द्रलाई  यो पटक गठबन्धन भने जस्ताे भएन। पाँचदलीय गठबन्धनको भागबण्डामा ४४ सिट पाएको माओवादीले अहिलेसम्म जम्मा १७ स्थानमा मात्र जित निकालेको छ ।
जनप्रतिनिधि र सरकारी कर्मचारीबीच कैलालीमा कुटाकुट
जनप्रतिनिधि र सरकारी कर्मचारीबीच कैलालीमा कुटाकुट गए राति घोडाघोडी नगरपालिका मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
फिफा विश्वकपमा आज पनि चार खेल, जर्मनीले स्पेनको सामना गर्दै
फिफा विश्वकपमा आज पनि चार खेल, जर्मनीले स्पेनको सामना गर्दै आजै हुने खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा जापानसँग  हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ । स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ । 
रामेछापमा कांग्रेसका कान्छाराम विजयी, जिल्लामा गठबन्धनकोे क्लिन स्वीप 
रामेछापमा कांग्रेसका कान्छाराम विजयी, जिल्लामा गठबन्धनकोे क्लिन स्वीप  काठमाडौं । रामेछापबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार उनी आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतले पछि पार्दै विजयी भएका हुन् ।
विश्वकप फूटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, नकआउट चरणको संभावना कायमै
विश्वकप फूटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, नकआउट चरणको संभावना कायमै काठमाडौं । कतारमा जारी विश्वकप फूटबलमा अर्जेन्टिनाले नकआउट चरण प्रवेश गर्ने संभावना कायमै राखेको छ । शनिवार राति भएको निकै महत्वपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई शून्यका विरुद्ध २ गोलले हरायो । जितसँगै उसको नकआउट चरण प्रवेशको संभावना बढेको छ ।
Weather Update