राष्ट्रपतिविरुद्ध एमाले युवा संघको मशाल जुलुश
बुधबार, जेठ १७, २०८०

'अखण्ड भारत' नक्साको विरोधमा प्रदर्शन
बुधबार, जेठ १७, २०८०
काठमाडौं । 'अखण्ड भारत'को नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा प्रदर्शन भएको छ ।नेपाली भूभाग समेत भएको नक्सा राखेको भन्दै सत्तारुढ एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको हो ।

पुँजीबजारको स्वार्थ समूहबाट जोखिम बढ्योः अर्थमन्त्री महत
बुधबार, जेठ १७, २०८०
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले पूँजि बजार तल,माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा अर्थमन्त्री महतले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरुलाई इमान्दार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महशुस गरेको बताए...

झलनाथलाई अभद्र व्यवहार गर्ने सन्तोष 'राजावादी'सहित नौ जना पक्राउ
बुधबार, जेठ १७, २०८०
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।आफूलाई सन्तोष राजावादी बताउने व्यक्तिसहित उनको समूहका ९ जनालाई प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरेको हो । ‘अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएको र मुद्दा चलाउने नचलाउने निर्णय भैनसकेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, एमालेलाई धक्का
बुधबार, जेठ १७, २०८०
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले बुधबार स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै जसपा सरकारबाट बाहिरिएको हो । कोशी नामकरणको विरोधमा भइरहेको पहिचानपक्षधरको आन्दोलनमा जसपाको समर्थन छ ।

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
बुधबार, जेठ १७, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत गएको हो । टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।

खड्का कार्यवाहक प्रधानमन्त्री
बुधबार, जेठ १७, २०८०
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
साताको लोकप्रीय