scheduleशनिवार चैत्र २२ गते, २०७६

यौन जीवन

    सेक्युरिटी गार्डसँग गे सेक्स, एउटा गज्जबको प्रेम कहानी !
    सेक्युरिटी गार्डसँग गे सेक्स, एउटा गज्जबको प्रेम कहानी !
    यौन जीवन

    एजेन्सी । टी हाउसको पछिल्लो कुनामा यी दुईजना एकसाथ भेटिए । दुबैका औंलाहरु एकआपसमा जेलिएका थिए । सन वेनलिन तथा हु मिंगलिअंग अहिले निकै गहिरो प्रेममा छन् । यी दुई सन २०१४ मा अनलाइनमार्फत सम्पर्कमा आएका थिए । त्यसपछि भेटे, अनि छुट्नै नसक्नेगरी एकअर्कासँग नजिकिए । सन भन्छन्, ‘पहिलो नजरमा नै प्रेम बस्यो ।’ सँगै रहेका हुले भने, ‘ऊ एक्लै थियो, म पनि एक्लै थिएँ । अनि हामी एक साथ भयौं ।’ यो डेढ वर्षको बीचमा यी दुई एक आपसमा निकै नजिकिएका छन् । अब चीनमा यी दुईको लभस्टोरी कानुनी रुपले एउटा इतिहास बन्ने बाटोमा छ । सन एक टेक्नोलोजी कम्पनीमा काम गर्छन् भने हु सेक्युरिटी गार्ड हुन् । यी दुई आपसमा विवाह गर्न चाहन्छन् । यिनीहरुले आफ्नो विवाह दर्ता गर्ने प्रयास पनि गरेका हुन् । तर, उनीहरुलाई आजसम्म सफलता मिलेको छैन । आगामी जुनमा यिनीहरुको भेट भएको दुई वर्ष पुग्दैछ । मध्य चीनमा यो जोडीलाई लिएर निकै आक्रोश छ, तर उनीहरु पछि हट्न तयार छैनन् । यिनीहरुले अब कानुनी लडाईं लड्ने अठोट गरेका छन् । चीनमा समललिंगी विवाहका विषयमा सुनुवाई हुन...

आजको लोकप्रिय

default-addImage
default-addImage