scheduleआइतवार आषाढ़ १ गते, २०७६

जीवन शैली

    यसरी अवैध हुन्छन् मलेसियामा नेपाली ?
    यसरी अवैध हुन्छन् मलेसियामा नेपाली ?
    जीवन शैली

    क्वालालाम्पुर, २२ फागुन । बर्दिया, देउडाकलाका पहलमान रोका करिब एक वर्षअघि मलेसिया आए। काठमाडौंको गौरीशंकर म्यानपावरलाई १ लाख ४० हजार रुपैयाँ बुझाएर यहाँको प्रतिष्ठित कम्पनी ग्रुप अफ ओरेन्टल रेस्टुरेन्टमा काम गर्न आएका थिए उनी। म्यानपावरले उपलब्ध गराएको कामदार र कम्पनीबीचको सम्झौतामा दैनिक १० घन्टा वेटर काम गर्नुपर्ने, त्यसबापत मासिक १२ सय ३७ रिंगेट तलब पाउने र खाने–बस्ने सुविधा रेस्टुरेन्टले नै उपलब्ध गराउने उल्लेख थियो। कम्पनीले नेपालमा कामदार मागपत्र पठाउँदा पनि नेपाली दूतावाससँग यही बेहोराको सम्झौता गरेको थियो। खाने–बस्ने सुविधासहित करिब ३६ हजार रुपैयाँ मासिक तलब पाउने काम पाउने भएपछि रोका मलेसिया आउन तयार भए। म्यानपावरले ८० हजार मात्र लिनुपर्नेमा उनीसँग ६० हजार रुपैयाँ बढी माग्यो, उनी तिर्न राजी भए। र, मलेसिया आए। जब रेस्टुरेन्टले उनलाई वेटरको काम दिएन, उनी छाँगाबाट खसेझैं भए। उनलाई क्लिनरको काम गर्न लगाइयो। किचेन सफा गर्ने देखि माछा र तरकारी काट्ने काम दिइयो उनलाई। २५ किलोसम्मका ज्युँदो...

आजको लोकप्रिय

Vianet
Sajhajob