साहित्य
- साहित्यके छैन रामपुरमा…
- साहित्यन्याय बेच्ने वकिल भेटिन्छन्
- साहित्यसीमाको कुरा
- साहित्यआज महाकवि देवकोटाको जन्मजयन्ती
- साहित्यडोजर
- साहित्यहे नारन
- साहित्यधन्न फेसबुक बनेको छ
- साहित्यमेरो बाल्यकालको दशैं
- साहित्यसांस्कृतिक विचलन
- साहित्यकाँधै गन्हायो
- साहित्यसेता झिंगाहरु
- साहित्यराष्ट्रकवि घिमिरे सय वर्ष पुगे
- साहित्यनलाएको मायाले झन रुवायो बरी !

एकदुई दिदी बहिनी थिए । जेठीको विवाह शहरको व्यापारीसँग भएको थियो, कान्छीको गाउँको किसानसँग । एक दिन जेठी चाहीं भेट्न भनेर कान्छीकहाँ आईन् । दिदी बहिनीको भेट, आपसी कुरा हुने नै भयो । चिया पिउँदै भलाकुसारी गर्न थाले । जेठी दिदीले कुरो सुरु गरिन्, शहरिया जीवनको बढाईचढाई गरेर, ‘हामीहरु शहरमा बडो मस्तीका साथ बसेका छौं । चिटिच्याट्ट छौं, हाम्रा केटाकेटीहरु खातापिता छन् । तिनले कम्ता मीठा खानेकुरा खान पा’का छन्’र ?! आफु त छानी छानी कहिले नाँचघर गइन्छ, कहिले घुमफिर गरिन्छ त कहिले धित मरुन्जेल मोजमस्ती गरिन्छ ।’ कान्छीको मन कटक्क काटियो । उनले ओठ लेप्र्याउँदै आफुलाई त व्यापारीको जिन्दगानी राम्रो नलाग्ने बताइन्, बरु त किसानको जिन्दगी कति राम्रो राम्रो । ‘मलाई त तिम्रो जस्तो दिनचर्या चाहिएन,’ उनी भन्दै गईन्, ‘हामी झुत्रेझाम्रे हौंला तर हामीलाई न शोक न सुर्ता, न भोक न भकारी । हो, तिमेरु हामीभन्दा बढ्ता सुखसयलमा बसेका छौं, र कमाईधमाई पनि राम्रै छ तर के गर्नु छिनमै स्वाह हुन सक्छ । तिमीलाई त्यो लोकोक्ति थाहा होला नि...