scheduleबिहिवार कार्तिक २८ गते, २०७६

साहित्य

    माघ ८ आयो, संविधान आएन
    माघ ८ आयो, संविधान आएन
    साहित्य

    काठमाडौँ, ७ माघ । सहमति र प्रक्रियाको विवादमा कस्सिएको गाँठोबाट संविधानसभा फुस्किन नसक्दा दलहरूले संविधान जारी गर्न प्रतिबद्धता गरेको समय माघ ८ मा नयाँ संविधान जारी हुने सम्पूर्ण सम्भावनाको ढोका बन्द भएका छन् । संविधान वा यसको मस्यौदा त परै जाओस् यसका लागि उचित वातावरणको संभवानाको क्षणसमेत समाप्त हुन पुगेकोे छ । दलहरू स्वयम्ले दोस्रो संविधानसभाको निर्वाचनमा जनतासामु मत माग्न जाँदा माघ ८ मा संविधान जारी गर्ने गरेको वाचाको समय घर्किन लागेका बेला यता अवरुद्ध संविधान लेखनका काम सुरु हुन्छ की हुँदैन ? सर्वत्र चासो र चिन्ता छाएको छ । संविधान लेखन त टाढा धकेलियो नै । अनि दलहरूबीचमा जोड्ने सेतुको शब्द सहमति कतै ओझेलमा त परेन ? प्रक्रिया पनि अन्यौलको भासमा भासिन पुगेको छ । मुलुक पुनः एकपटक २०६९ जेठ १४ को मध्यरातमा फर्किन पुगेको छ । दलहरूकै आ आफ्ना अडान, हठका कारण नयाँ संविधान अन्यौलमा परेको हो । जुन विन्दुमा तत्कालीन समयमा अकल्पनीयरुपमा संविधानसभा विघटन गराइएको थियो त्यही विन्दुमा आज मुलुकको राजनीति पुगेको छ ।...

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage