scheduleआइतवार भाद्र २९ गते, २०७६

ब्लग

    संरचनाले थोपरेको यो हिंसा
    संरचनाले थोपरेको यो हिंसा
    ब्लग

    ध्रुवराज अधिकारी, नेपालको राजनीति यतिबेला ‘चाखलाग्दो समय’बाट गुज्रिरहेको छ । यो परिस्थितिले कतिखेर कोल्टो फेर्छ भन्न गाह्रो छ । तैपनि, समकालीन नेपाली राजनीतिको सन्दर्भमा बारम्बार चर्चा भएझैं लाग्ने तर निकै अपर्याप्त र एकांगी ढंगले छोइएको वा अझ भनौं छिपछिपे स्पर्शमात्र भएको एउटा प्रश्न– हिंसाका बहुआयामबारे चर्चा गर्नु र दीगो एवम् न्यायपूर्ण शान्तिको आशा बोक्नु यो आलेखको उद्देश्य हो । रगत बग्नुमात्र हिंसा हो भन्ने कतिपयको सोचाइ हुन्छ । तर रगत बग्ने चोटभन्दा पोलेको घाउ बढी दुख्छ । अब पोलेकोलाई हिंसा मान्ने कि नमान्ने? अनि कहिलेकाहीँ गोलीभन्दा बोली बढी बिझाउने हुन्छ । त्यस्तो बोलीलाई हिंसा ठहराउने कि नठहराउने ? नेपाली सञ्चारमाध्यमका लागि लाठी बोक्नु हिंसा हो । जथाभावी बोलेर र लेखेर मानिसको सुरक्षामा खतरा पैदा गरिदिनु र लाठी बोक्न बाध्य पार्नु हिंसा हो कि होइन ? छानीछानी रिस उठेका मान्छेको उछित्तो काढ्नु, उनीहरुलाई सराप्नु र स्वार्थप्रेरित समाचार संप्रेषण गरेर समाजमा बेमेल फैलाउनु पनि हिंसा नै हो । गरिब...

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage