scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

प्रवास

    रोजगारीका लागि कतार गएका पन्ध्र नेपाली अलपत्र
    रोजगारीका लागि कतार गएका पन्ध्र नेपाली अलपत्र
    प्रवास

    कतार, १२ चैत । वैदेशिक रोजगारका सिलसिलामा कतारमा रहेका १५ जना नेपालीको बिचल्ली भएको छ । नेपालबाट आएको झन्डै दुई महिनायतादेखि काम र तलब नपाएर उनीहरु अलपत्र परेका हुन् । सन् २०२२ को विश्वकप आयोजना गर्न भौतिक पूर्वाधारको निर्माणलाई द्रुत गतिमा अघि बढाइआएको मुलुक कतारमा नेपाली मजदुरको बिजोगपूर्ण यो अवस्थाले यहाँका मानव अधिकारवादी सङ्घसंस्था तथा एम्नेस्टी इन्टरनेसनललगायतका सामु चुनौती नै खडा गरिदिएको छ । पन्ध्र नेपाली जनही ७० हजार रुपैयाँदेखि एक लाखभन्दामाथिको रकम म्यानपावरलाई बुझाएर सरसफाइ कामका लागि तीनवटा कम्पनीमार्फत यहाँ आएका थिए । कतारको ओख्रास्थित अमाट्को क्लिनिङ कम्पनीमा काम गर्न भन्दै आएका सबै जनालाई कतार रियल ९०० साथमा खाना वापत थप ३०० दिने भनिएको थियो । ओभरटाइम वापत रकमसमेत पाउने दलालीको आश्वासनमा कतार हानिएका अधिकांश आफ्नै आफन्त तथा चिनेजानेका गाउँलेमार्फत म्यानपावर गएका थिए । सपना सबै भताभुङ्ग भयो भन्दै निराश बनेका उनीहरु अहिले आफूहरु ठगिएको बताउन थालेका छन् । आरवन–९ सुनसरीका शमशेर...

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob